२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

दुई कार्यकाल र ७० वर्षे उमेरहदबारे एमाले- ओलीलाई रोक्ने रहेछ, त्यो चाहँदैनौं

  • 1. नेकपा एमालेले दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेर हदको विषयमा केपी शर्मा ओलीलाई अध्यक्ष बन्न रोकेको छ।
  • 2. पार्टीको दशौं महाधिवेशनबाटै यस्तो व्यवस्था नभएको जिकिर गर्दै गौतमले निर्णयलाई अव्यवहारिक भएको बताएका छन्।
  • 3. गौतमले ओलीलाई रोक्ने कारणका रूपमा दुई कार्यकाल र ७० वर्षे उमेर हद भन्दै उनले ओलीलाई अध्यक्ष बन्न रोक्न चाहिएको बताएका छन्।

७ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टी विधानमा भएको दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेर हदको विषयले केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बन्न रोकेको कारण त्यो व्यवस्था हटाइएको स्पष्ट पारेको छ ।

मंगलबार मध्यरातिसम्म चलेको केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन् । 

उनले पार्टीको दशौं महाधिवेशनबाटै यस्तो व्यवस्था नभएको जिकिर गर्दै यी दुवै निर्णय अव्यवहारिक भएको निष्कर्ष निस्किएको बताए ।

‘दशौं महाधिवेशनबाट यता नै त्यो कार्यकालको व्यवस्था नै छैन । पहिल्यै छलफल भएको कुरालाई उठाइदिएर हिँड्नुभयो,’ सञ्चारकर्मीसँग गौतमले भने, ‘७० वर्षको उमेरहद पनि अव्यवहारिक रहेछ । उमेरले राजनीतिक नेतृत्व भन्ने सम्भव रहेनछ ।’

उनले आजको राष्ट्रिय राजनीतिको चुनौती, पार्टीमाथिको घेराबन्दी लगायतका समस्यालाई राजनीतिक क्षमता भएको लिडर चाहिएको र त्यो भनेको अध्यक्ष ओली मात्रै भएको बताए ।

‘राष्ट्रिय राजनीतिमा जुन खालका समस्या छन्, नेकपा एमालेमाथिका जुन घेराबन्दी छन् । हामीलाई वैचारिक हिसाबले सुस्पष्ट राजनीतिक क्षमता भएको, सिंगो पार्टीलाई लिड गर्नसक्ने नेता फेरि एक पटक केपी ओलीलाई रोज्यो त, रोज्न पाउने उसको अधिकार हो नि त,’ उनले भने ।

दुई कार्यकाल र ७० वर्षे उमेर हद दुवै व्यवस्था ओलीलाई रोक्नेमात्रै भएको कारणले अहिले पार्टीले रोक्न नचाहेको उनले बताए ।

‘७० वर्षको उमेर हद राख्नु र दुई कार्यकाल राख्नु पनि उहाँ (केपी शर्मा ओली) लाई रोक्नु हो । यसको सम्पूर्ण काम हाम्रो पार्टीको अध्यक्षलाई एघारौं महाधिवेशनमा पार्टीको अध्यक्ष हुन रोक्ने मात्रै रहेछ । अहिले हामी रोक्न चाहँदैनौं,’ गौतमले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट