२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

बाणगंगामा छाडा चौपायालाई टल्किने बेल्ट बाँधिँदै, रातको दुर्घटना न्यूनीकरणमा सहयोग

  • 1. कपिलवस्तुको बाणगंगा नगरपालिकामा रातको समयमा छाडा चौपायाका कारण भइरहेका सडक दुर्घटनालाई न्यूनीकरण गर्न विशेष पहल थालिएको छ।
  • 2. स्थानीय ग्यालेक्सी युथ क्लबले छाडा चौपायाहरूको घाँटीमा रातमा टल्किने नियोन बेल्ट बाँध्ने अभियान सुरु गरेको हो।
  • 3. यो अभियानको उद्देश्य सवारी चालकलाई रातमा चौपाया देख्न सक्ने बनाउन र सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने हो।

कपिलवस्तु, युनिक भुसाल 

कपिलवस्तुको बाणगंगा नगरपालिकामा रातको समयमा छाडा चौपायाका कारण भइरहेका सडक दुर्घटनालाई न्यूनीकरण गर्न विशेष पहल थालिएको छ।

स्थानीय ग्यालेक्सी युथ क्लबले छाडा चौपायाहरूको घाँटीमा रातमा टल्किने नियोन बेल्ट बाँध्ने अभियान सुरु गरेको हो।

क्लबका अध्यक्ष अमृत गिरीका अनुसार बनगाई, खारखानी, बुङ्ची लगायतका स्थानमा रहेका करिब ६० भन्दा बढी चौपायालाई नियोन बेल्ट लगाइएको छ।

यो बेल्ट टल्किने खालको भएकाले सवारी चालकले रातमा टाढैबाटै चौपाया देख्न सक्नेछन्, जसले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

अध्यक्ष गिरीले भन्नुभयो —

“सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी मात्र पर्याप्त हुँदैन। सबैले साथ दिनुपर्ने आवश्यकता छ भन्ने सोचले क्लबले यो अभियान थालेको हो।”

उक्त कार्यमा क्लबका पदाधिकारीहरूसँगै पिपरा ट्राफिक कार्यालय, नगर प्रहरी तथा स्थानीय युवा व्यवसायी तिलक गिरीको पनि सहभागिता रहेको थियो

स्थानीयवासीले क्लबको यो पहलको स्वागत गरेका छन्। क्लबले आगामी दिनमा अन्य वडाहरूमा पनि अभियान विस्तार गर्ने योजना बनाएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट