२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको निधन

  • 1. लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको हृदयघातका कारण निधन भएको छ।
  • 2. नगर प्रमुख सजरुद्दिन मलेशिया भ्रमणबाट फर्केका थिए र स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको छ।
  • 3. मेयर खानको अन्त्येष्टि आजै साँझ स्थानीय कब्रिस्तानमा गरिने छ।

 

 

 

१४ भदौ, बुटवल । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ ।

नगर प्रमुख खानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का वडाध्यक्ष अकरामुद्दिन नाउ मुसलमानले बताए ।

 
 
 

नगर प्रमुख सजरुद्दिन शुक्रबार मात्रै मलेशिया भ्रमणबाट घर फर्केका थिए ।

बिहान स्वास्थ्यमा समस्या आएपछि युनिभर्सल मेडिकल कलेज भैरहवा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको वडाध्यक्ष मुसलमानले जानकारी दिए ।

 
 

‘उहाँ हिजो (शुक्रबार)मात्रै मलेशयिाबाट फर्कनु भएको थियो, हिजो राति सुत्दा र बिहान उठ्दासम्म राम्रै थियो, बिहान उठेपछि अप्ठेरो भयो भनेपछि मेडिकल कलेज लैजादैं गर्दा निधन भएको हो’, वडाध्यक्ष मुसलमानले भने ।

मेयर खान नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी ७० वर्षका हुन् ।

उनको आजै साँझ ५ बजे स्थानीय कब्रिस्तानमा परम्परागत रुपमा अन्त्येष्टि गरिने नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट