२०८३ भाद्र २० शनिबार
२०८३ भाद्र २० शनिबार

स्काई ब्लु एजुकेशन कन्सल्टेन्सीद्वारा विद्यार्थीसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • 1. स्काई ब्लु एजुकेशन कन्सल्टेन्सीले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूका लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
  • 2. विद्यार्थीहरूलाई जापान, कोरिया, क्यानडा तथा युरोपेली मुलुकहरूमा अध्ययनको तयारी गर्नका लागि विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
  • 3. अतिथि बुद्धभूमि नगरपालिकाका कार्यपालिका सदस्य नारायण खड्काले विद्यार्थी–केन्द्रित प्रयासको प्रशंसा गर्दै स्काई ब्लु कन्सल्टेन्सीको प्रगति र संघर्षको सराहना गरे।

14:09:01कपिलवस्तु, बाणगंगा –

हालै स्थापना भएको स्काई ब्लु एजुकेशन कन्सल्टेन्सी प्राली बाणगंगा–४ चारनम्बरले विदेश अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। छोटो समयमै उल्लेखनीय सक्रियता देखाएको संस्थाले यो कार्यक्रममार्फत विद्यार्थीहरूलाई मार्गदर्शन र प्रेरणा प्रदान गरेको छ।

जापान, कोरिया, क्यानडा तथा युरोपेली मुलुकहरूमा अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि आयोजना गरिएको उक्त कार्यक्रममा आवश्यक भाषा दक्षता, सीप विकास, भिसा प्रक्रिया, संस्कृतिक अनुकूलन र विदेश पुगेपछिको व्यवहारिक अवस्थाबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

 

 

जापान जान चाहने विद्यार्थीहरूलाई प्रशिक्षक मनुष सापकोटाले जापानीज भाषा, सामाजिक आचरण र जीवनशैलीसम्बन्धी जानकारी दिनुभयो भने कोरीयाका लागि कोरीयन भाषा शिक्षक गोपाल घिमिरेले प्रकास पार्नुभएको थियो यस्तै, युरोपतर्फ लक्ष्य राखेका विद्यार्थीहरूलाई प्रशिक्षक श्री पौडेलले अध्ययन र रोजगारीसँग सम्बन्धित आवश्यक विषयहरूमा मार्गदर्शन गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि बुद्धभूमि नगरपालिकाका कार्यपालिका सदस्य नारायण खड्काले स्काई ब्लु कन्सल्टेन्सीले देखाएको प्रगति र विद्यार्थी–केन्द्रित प्रयासको प्रशंसा गर्दै भन्नुभयो, “विदेशमा प्राप्त सीप र प्रविधिलाई स्वदेशमै प्रयोग गरी राष्ट्र निर्माणमा योगदान पुर्‍याउनु आजको आवश्यकता हो।”

 

विशिष्ट अतिथि एनएमबि बैंक, गोरुसिंगे शाखाका प्रमुख केशर सिंह टन्डनले विद्यार्थीहरूको भिसा प्रक्रियामा बैंकिङ सेवा र सहजीकरणका लागि संस्थागत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

कार्यक्रमको अध्यक्षता स्काई ब्लुका सीईओ सुसिल केसीले गर्नुभएको थियो भने स्वागत मन्तव्य जापानीज भाषा शिक्षक श्री न्यौपानेले दिनुभएको थियो। कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्ध निर्देशक सुसिल खत्रीले गर्नुभएको थियो। भाषा शिक्षकहरू र विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।

 

हाल स्काई ब्लु एजुकेशन कन्सल्टेन्सीले कोरियन र जापानीज भाषाका कक्षाहरू सञ्चालन गर्दै आएको छ। साथै, विदेश जान चाहने विद्यार्थीहरूलाई आवश्यक तयारी, व्यवहारिक सीप, र परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू अघि ल्याउने प्रतिबद्धता जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट