२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

कपिलवस्तुको रामघाटमा बेपत्ता किशोरको शव फेला

  • 1. कपिलवस्तु नगरपालिका–३ का १४ वर्षीय मोहन चौहानको शव फेला परेको छ।
  • 2. उद्धार टोलीले रामघाटस्थित हनुमान मूर्तिनजिकै नदीभित्र उद्धार गरेको छ।
  • 3. शवलाई पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाउने तयारी गरिएको छ।

 

 

कपिलवस्तु नगरपालिका–३ का १४ वर्षीय मोहन चौहानको शव मङ्गलबार बिहान फेला परेको छ।

सोमबार दिउँसो भैंसी चराउन रामघाट गएका बेला बेपत्ता भएका चौहानको शव रामघाटस्थित हनुमान मूर्तिनजिकै नदीभित्र सुरक्षाकर्मीको उद्धार टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक रुपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो।

उहाँका अनुसार शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि कपिलवस्तु अस्पताल पठाउने तयारी गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट