कपिलवस्तुको बाणगंगामा खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यसहित “बाणगंगा कप २०८२” क्रिकेट प्रतियोगिता हुने भएको छ । नाईन्टिन्स वारियर्सको आयोजनामा हुने यस प्रतियोगिता आगामी भदौ १८ गते, बुधबार बाणगंगा नगरपालिका–४, जितपुरस्थित बुद्ध रंगशालामा सुरु हुने छ । ५ हजार १११ रुपैयाँ प्रवेश शुल्क तोकिएको यस प्रतियोगिताको विजेताले नगद ५१ हजार १११ रुपैयाँ र उपविजेताले ३१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् । खेल संयोजक बिक्रम घिमिरेले बाणगंगा कपलाई स्थानीय खेलाडीको प्रतिभा विकास गर्ने साझा मंचका रूपमा लिएको बताउनुभयो । उहाँले यस प्रतियोगिता खुला भएकाले छिमेकी जिल्लाहरु रुपन्देही, अर्घाखाँची, दाङ्ग, नगवपरासी लगायतका टिमहरु सहभागी हुने जानकारी दिनुभयो ।










