२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

“रुपन्देही उपनिर्वाचनमा नेविसंघको नेतृत्व पाण्डेको जिम्मामा”

  • ेगाउँछु।
  • नेपालको राष्ट्रिय विद्यार्थी संघको केन्द्रीय कार्य समितिले उपनिर्वाचन सम्बन्धी सम्पूर्ण समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
  • रुपन्देही जिल्ला प्रतिनिधि सभा उपनिर्वाचनका लागि संयोजक समितिको नेतृत्वमा रहेका तिलकराम पाण्डे (टिआर ) लाई उपनिर्वाचन सम्बन्धी जिम्मेवारी प्रदान गरिएको छ।
  • पाण्डे ले आफूलाई दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्ने प्रतिवद्धता जनाएका छन् र विद्यार्थीको आवाजलाई सशक्त बनाउन, लोकतान्त्रिक मूल्यमा युवा एकताबद्ध गर्न र उपनिर्वाचनमा संघको योगदानलाई परिणाममु

नेपाल विद्यार्थी संघले आगामी २०८२ साल कात्तिक १७ गते सम्पन्न हुने रुपन्देही जिल्ला प्रतिनिधि सभा उपनिर्वाचनका लागि संयोजक समितिको नेतृत्व कपिलवस्तुका सक्रिय विद्यार्थी नेता तिलकराम पाण्डे (टिआर ) लाई जिम्मेवारी प्रदान गरेको छ।

संघको केन्द्रीय कार्य समिति, काठमाडौंबाट जारी पत्र मार्फत पाण्डेलाई उपनिर्वाचन सम्बन्धी विद्यार्थी संघको सम्पूर्ण समन्वय र व्यवस्थापनको जिम्मेवारी दिइएको हो। यस समितिको काम निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउने, संगठनात्मक समन्वय गर्ने र परिणाममुखी पहल गरि अघि बढाउने रहनेछ।

 

यसअघि विद्यार्थी हितका सवालमा उल्लेखनीय भूमिका निर्वाह गरेका पाण्डेले ‘मेरो शिक्षा, मेरो प्रश्न’ अभियानमार्फत रुपन्देहीका क्याम्पसहरूमा विद्यार्थीसँग गरिएको अवैध असुली रोक्न नेतृत्व गरेका थिए। उक्त अभियानकै परिणामस्वरूप ७१ लाख रुपैयाँ फिर्ता गराउन सफल भएका थिए।

 

विद्यार्थी राजनीति र संगठनमा लामो समय देखि सक्रिय पाण्डे जिम्मेवार र अनुशासित कार्यकर्ता मानिन्छन्। उनले विद्यार्थी आन्दोलन देखि शैक्षिक सुधार, युवाको अधिकार र सामाजिक उत्तरदायित्व सम्मका विषयमा निरन्तर सक्रियता देखाउँदै आएका छन्।

संघले उनीमाथि देखाएको विश्वासलाई युवाहरूले सकारात्मक रूपमा लिएका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले “टिआर पाण्डेको नेतृत्वले रुपन्देही उपनिर्वाचनमा संगठनात्मक भूमिका प्रभावकारी र परिणाममुखी बन्ने विश्वास लिएको” बताए।

जिम्मेवारी पाएका पाण्डेले आफूलाई दिएको विश्वासलाई इमानदारीपूर्वक वहन गर्ने प्रतिवद्धता जनाउँदै भने, “विद्यार्थीको आवाजलाई सशक्त बनाउन, लोकतान्त्रिक मूल्यमा युवा एकताबद्ध गर्न र उपनिर्वाचनमा संघको योगदानलाई परिणाममुखी बनाउन म सम्पूर्ण ऊर्जा लगाउनेछु उनले हाम्रो पाईला डटकमलाई बताए ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट