२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

रुबी हत्या : रिक्सामा लगेका थिए शवसहितको सुटेकस, गौरमा भेटियो चप्पल

  • 1. रौतहटको माधवनारायण नगरपालिका–२ मा २६ वर्षीया रुबीकुमारी साहको हत्या भएको खुलासा
  • 2. हत्यापछि माधवपुरका लक्ष्मण पासवानले उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धान
  • 3. शव सहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारि पुगेका, रिक्सा चालक महराले प्रहरीलाई बताएका छन्।

 

 

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ ।

सो घरमा डेरा गरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरी स्रोतका अनुसार, उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए ।

उक्त ई–रिक्सामा शव सहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारि पुगेका थिए । पुल पारि पुगेपछि ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो ।

सो क्रममा चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरे ।

सुटकेसभित्र महिलाको शव प्रकरणस् एकजना सन्दिग्ध पक्राउ
रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा छन् । महराले प्रहरीलाई बताए अनुसार, सुटकेस बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान इन्कार गरे ।

त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेको जानकारी रिक्सा चालक महराले प्रहरीलाई बयानका क्रममा भनेका छन् ।

सोही अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेका छन् ।

प्रहरी स्रोतका अनुसार, उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन छन् ।

उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट