२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

लिपुलेक लिम्पियाधुरा र कालापानी हाम्रो भूभाग हो, बाहिरी हस्तक्षेप स्वीकार्य छैन : महामन्त्री अधिकारी

  • 1. नेपालको भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीको अभिन्न अङ्गका रूपमा समावेश गरिएको स्मरण गराइएको छ।
  • 2. रास्वपाले भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाएका छन्।
  • 3. राष्ट्रिय स्वतन्त्र पार्टीले लिपुलेक, लिम्पियाधुरा र कालापानीको क्षेत्र नेपालको सार्वभौम भूमिको अविभाज्य अंश रहेको भन्दै विज्ञप्ति जारी गरेको छ।

 

 

 

  लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको बताउँदै ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले सामाजिक सञ्जाल मार्फत  खहरो टिप्पणी गरेका छन् । भारत र चीनबीच लिपुलेक हुँदै व्यापार सञ्चालन गर्ने गरी भएको सहमतिप्रति आपत्ति जनाउँदै नेपाली भूमिमाथि नेपालको स्वीकृति बिना छिमेकी देशहरू बिच सीमा व्यापार गर्ने गरी भएको सम्झौताको उनले विरोध गरेका छन  ।


अधिकारीले २०७७ सालमा नेपाल सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको अभिन्न अङ्गका रूपमा समावेश गरिसकेको स्मरण गर्दै, यो भूभागमा कुनै पनि विकसित वा शक्तिशाली देशले गिद्देदृष्टि नराख्न चेतावनी दिए । नेपालको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमिकता माथि आघात पुग्ने गतिविधिको प्रतिवाद र सशक्त विरोध गर्ने उनले बताए ।
भारतले आफ्नो सीमाभित्र पर्ने अडान राखे पनि सो भूभाग ऐतिहासिक प्रमाणसहित नेपालकै भएको दाबी गर्दै अधिकारीले अब उच्चस्तरीय समझदारी मार्फत समस्याको समाधान निकाल्नुपर्ने सुझाव समेत दिएका छन्  ।


रास्वपाले लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्र  नेपालको सार्वभौम भूमिको अविभाज्य अंश रहेको भन्दै विज्ञप्ति समेत निकालेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट