२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

वाणगंगामा ‘चिया साथी क्याफे’ : आत्मीयता र मित्रताको नयाँ थलो,उद्घाटन युवा व्यवसायी शर्माले गर्ने

  • 1. वाणगंगा नगरपालिका–१ मा "चिया साथी क्याफे" उद्यमको उद्घाटन भएको छ।
  • 2. यो क्याफेमा स्थानीयवासीलाई स्वस्थ वातावरणमा चिया–कफी लगायतका परिकार उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
  • 3. "चिया साथी क्याफे" व्यवसायको साथै मित्रता, सद्भाव र सामाजिक सम्बन्धलाई पनि महत्त्व दिने उद्देश्यमा संचालित गरिएको छ।

 

 

कपिलवस्तु ।

वाणगंगा नगरपालिका–१ मा नयाँ उद्यम “चिया साथी क्याफे” सञ्चालनको अन्तिम तयारी पूरा भएको छ । आउँदो भाद्र १६ गते सोमबार यस क्षेत्रका सफल युवा व्यवसायी आशिष शर्माले क्याफेको औपचारिक उद्घाटन गर्ने भएका छन् ।

लोकप्रिय युवा तथा समाजसेवी तिलकराम (टीआर) पाण्डेद्वारा सञ्चालनमा ल्याउन लागिएको यो क्याफे आत्मीयता र मित्रतालाई जोड्ने उद्देश्यले सुरु गरिएको हो । क्याफेमार्फत स्थानीयवासीलाई स्वस्थ वातावरणमा चिया–कफी लगायतका परिकार उपलब्ध गराउने व्यवस्था मिलाइएको पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेले भने, “यो क्याफे केवल व्यवसाय नभई मित्रता र सद्भाव बाँड्ने साझा थलो होस् भन्ने हाम्रो चाहना हो ।” उनका अनुसार उद्यमशीलता मात्र नभई सामाजिक आत्मीयता र सद्भावलाई संस्थागत गर्ने अभिप्राय पनि क्याफेले बोकेको छ ।

शैक्षिक र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पाण्डेले यस पटक व्यवसायलाई पनि सामाजिक सम्बन्ध र आत्मीयतासँग जोड्ने नयाँ प्रयास गरेका छन् ।

क्याफेको नाम जस्तै यहाँको मूल ध्येय सबै उमेर, वर्ग र पेसाका मानिसलाई आत्मीय वातावरणमा जोड्नु हो । व्यस्त जीवनशैलीबीच केही बेर आराम लिन सक्ने, परिवार, साथीभाइ वा व्यवसायिक भेटघाट गर्न सक्ने स्थानको आवश्यकता स्थानीय युवाले लामो समयदेखि महसुस गर्दै आएका थिए । “चिया साथी” त्यसकै परिकल्पना र व्यवहारिक स्वरूप भएको पाण्डे बताउँछन् ।

सजावटमा फरकपन ल्याइएको यस क्याफेमा स्थानीय स्वादलाई प्राथमिकता दिइने व्यवस्था मिलाइएको छ ।

यसरी वाणगंगामा सुरु हुन लागेको “चिया साथी क्याफे” केवल व्यवसायिक पहल मात्र नभई आत्मीयता, मित्रता र सामाजिक सम्बन्धलाई बलियो बनाउने नयाँ थलोका रूपमा प्रस्तुत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट