२०८३ भाद्र ९ मंगलवार
२०८३ भाद्र ९ मंगलवार

विद्या भण्डारीको सक्रिय राजनीति गर्ने चाहानामा एमालेको ‘ब्रेक’

– नेपालको राजधानीको काठमाडौंमा भूकम्पको गम्भीरताको भन्दा अधिक भएको छ। – नेपालको संविधान संशोधन गर्न लागेको छ। – नेपालमा कोभिड-१९ संक्रमणको संख्या वृद्धि भइरहेको छ।

काठमाडौँ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहानामा ब्रेक लगाएको छ । साथै एमालेले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ । 

 
 

मध्य राति सकिएको एमालेको नवौँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । तर बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएका थिए ।

बैठकको निष्कर्ष सुनाउँदै प्रचार विभाग गौतमले भने, ‘पूर्व राष्ट्रपति देशको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको सिम्वोल, देशको अभिभावक हो ।संविधानको संरक्षक, देशकै अभिभावक जस्तो व्यक्ति राजनीतिक दलको नेता कार्यकर्ता हुने कुरा स्थापित मूल्यमान्यता अनुसार राम्रो हुँदैन । यो संविधान, मर्म र भावना विपरीत हुन्छ भन्ने निष्कर्ष निकालेको छ ।’

Shivam Cement

एमालेले पूर्व राष्ट्रपति राजनीतिमा आउँदा गलत नजिर बस्ने भन्दै सम्मानित भएरै बस्नुपर्ने बताएको छ । त्यस्तो व्यक्ति राजनीतिमा आउँदा संविधानको मर्म र भावनामै प्रभाव पर्ने एमालेको ठहर छ । एमालेले व्यक्तिको कुरा मात्र नभएर सिस्टम र संविधानको समेत सवाल भएकाले यस्तो निर्णय गर्नुपरेको जनाएको छ । २ दिन बसेको बैठकमा अढाई सय भन्दा बढी केन्द्रीय सदस्य सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट

ट्रेन्डिङ