२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

भदौ १८ गतेदेखि ‘बाणगंगा कप २०८२’, विजेतालाई ५१ हजार

  • 1. 'बाणगंगा कप २०८२' क्रिकेट प्रतियोगिता बाणगंगामा हुने भएको छ।
  • 2. प्रतियोगितामा सहभागी टोलीहरूले ५ हजार १११ रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ।
  • 3. सहभागिताका लागि इच्छुक टोलीहरूले ९८४७२०३७९५, ९८४९००५२६५ र ९८५७०५१३३२ मा सम्पर्क गर्न सक्नेछन्।

कपिलवस्तुको बाणगंगामा खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ‘बाणगंगा कप २०८२’ क्रिकेट प्रतियोगिता हुने भएको छ।

९०’स वारियर्सको आयोजनामा हुने प्रतियोगिता आगामी भदौ १८ गते, बुधबारदेखि बाणगंगा नगरपालिका–४, जितपुरस्थित बुद्ध रंगशालामा सुरु हुने आयोजकले जानकारी दिएका छन्।

यस प्रतियोगितामा सहभागी टोलीहरूले ५ हजार १११ रुपैयाँ प्रवेश शुल्क बुझाउनुपर्नेछ। प्रतियोगिताको विजेता टोलीले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछ।

खेल संयोजक बिक्रम घिमिरेका अनुसार बाणगंगा कपलाई स्थानीय प्रतिभा विकास गर्ने साझा मंचका रूपमा लिइएको छ। उनले भने, “यस प्रतियोगिताले खेलप्रति रुचि बढाउनुका साथै प्रतिभाशाली युवा खेलाडीलाई अवसर दिनेछ। साथै बाणगंगामा खेलकुदमैत्री वातावरण निर्माणमा ठूलो योगदान पुग्नेछ।”

प्रतियोगिता खुला भएकाले रुपन्देही, अर्घाखाँची, दाङ, नवलपरासीसहितका छिमेकी जिल्लाका टोलीहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता आयोजनामा बाणगंगा स्पोर्ट्स क्लबले सहयोग पुर्‍याइरहेको आयोजकले जनाएको छ।

सहभागिताका लागि इच्छुक टोलीहरूले ९८४७२०३७९५, ९८४९००५२६५ र ९८५७०५१३३२ मा सम्पर्क गर्न सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट