२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

कपिलवस्तुमा १ सय २४ बोरा अनुदानको मल बरामद ।। आवश्य कारबाहीका लागि राजस्व कार्यालय बुटवल पठाइयो

सशस्त्र प्रहरीले छापा हानेर अबैधरुपमा घरमा लुकाई राखेको अनुदानको १ सय २४ बोरा डिएपी रासायिकन मल बरामद गरेको छ । बिहीवार दिउसो सुराकीका आधारमा जिल्लाको शुद्धोधन गाउपालिका १ अनहराट स्थित फुल चन्द्र यादबको घरमा राखिएको अवस्थामा सो मल बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताए । सशस्त्र प्रहरी बल २८ गण बाट सहायक प्रहरी निरीक्षक धनन्जय के.सी.को कमाण्डमा १९ जना खटिएको टोलीले यादवको घरमा छापा हानेको हो । बरादम मल आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको केसीले बताए । सो मल यादवको घरमा कसरी पुग्यो र कुन कृषि सहकारीबाट गयो सो बिषयको अनुसंधान गरिनु पर्ने कृषकहरुले माग गरेका छन । सो मल कृषि सामग्री कम्पनीबाट कृषि सहकारीले पालिकाले तोकेको कोटा अनुसार लगेको थियो । तर कृषकका नाममा लगिएको सो मल कृषि सहकारीले बढी रकम लिई बेचेको कृषकहरु बताउछन । धान पछि अब सुरु हुने गहु खेतीकालागि डिएपी मल आवश्यक पर्छ । जिल्लामा पालिको सिफारिसको आधारमा कपिलवस्तुको तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनील लिमिटेड र कृष्णनगरमा रहेको साल्ट ट्रेडिङले तोकिएको काटाका आधारमा उपलब्ध गराउने गरेको छ । तर अनुदानको मल कृषि सहकारीबाट नै मलको दुरुपयोग हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट