२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

१६ औं कपिलवस्तु महोत्सव लक्षित ‘सन्देशमूलक टिकटक तथा भिडियो प्रतियोगिता–२०८२

बुद्धरंगशाला ।

बाणगंगा वेयलफेयर सोसाइटी, जितपुरको आयोजनामा मंसिर १८ देखि पुष १ गतेसम्म हुने १६ औं कपिलवस्तु महोत्सवलाई लक्षित गर्दै ‘सन्देशमूलक टिकटक तथा भिडियो प्रतियोगिता–२०८२’ घोषणा गरिएको छ। महोत्सव मूल समारोह समितिको संयुक्त आयोजनामा हुने यो प्रतियोगिताको उद्देश्य कन्टेन्ट क्रियटर, टिकटकर तथा फेसबुकरहरूको सिर्जनशीलता अभिवृद्धि गर्दै महोत्सवको प्रभावकारी प्रचार–प्रसार गर्नु रहेको आयोजकहरूले जानकारी दिएका छन्।

प्रतियोगितामा सहभागीले समाजसेवा क्षेत्रमा वेयलफेयर सोसाइटीले खेलेको भूमिका तथा आगामी महोत्सवको विशेषता समेट्दै सकारात्मक सन्देशयुक्त टिकटक वा भिडियो निर्माण गर्नुपर्नेछ। भिडियो महोत्सव स्थल वा त्यससँग सम्बन्धित स्थानमै निर्माण गर्नुपर्ने व्यवस्था गरिएको छ। तयार पारिएका भिडियोहरू सहभागीको आफ्नै टिकटोक वा फेसबुक आइडीबाट अपलोड गरी सोसाइटीको आधिकारिक टिकटक आइडी तथा फेसबुक पेज बाणगंगा स्पोर्टस् एन्ड वेयलफेयर सोसाइटी ट्याग गर्नुपर्नेछ। त्यसपछि सोसाइटीको कार्यालयमा सम्पर्क गरी नाम, समूह नाम र सामाजिक सञ्जाल आइडी दर्ता अनिवार्य हुनेछ।

१ देखि ४ मिनेट समयसीमा नबनेका भिडियो मूल्यांकनमा समावेश गरिने छैन। कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीसम्बन्धी सकारात्मक सन्देश बोकेको उत्कृष्ट भिडियो वेयलफेयर सोसाइटीको आधिकारिक फेसबुक पेजमा पुनःअपलोड गरिनेछ। भिडियोको सन्देश, कला, सिर्जनशीलता, विषयवस्तु तथा आधिकारिक पेजमा प्राप्त भ्यू, लाइक र सेयरको आधारमा मूल्यांकन गरिने आयोजकले जनाएको छ।

मूल्यांकन समितिको निर्णयअनुसार पहिलो, दोस्रो र तृतीय स्थान हासिल गर्नेले क्रमशः रु ७,७७७, रु ५,५५५ र रु ३,३३३ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा मंसिर ४ देखि १७ गतेभित्र अपलोड तथा दर्ता भएका भिडियो मात्र वैध मानिने र नतिजा महोत्सव अवधिभित्र नै सार्वजनिक गरिने सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा ‘दिनेश’ले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट