२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

प्रथम कपिलवस्तु व्यापार मेला–२०८२को भौतिक तयारी अन्तिम चरणमा, आज (बुधबार) संरचना पूर्ण हुने

शोभा भुषाल

कपिलवस्तु।

बाणगंगा–८ बोडगौँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म आयोजना हुने ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ का लागि आवश्यक भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण” भन्ने मूल नारासहित सञ्चालन हुन लागेको मेलाले प्रदेश तथा राष्ट्रिय स्तरमा फरक पहिचान बनाउने अपेक्षा गरिएको छ।

मेला संयोजक तथा उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) का अनुसार आज (बुधबार) मेलास्थलका सम्पूर्ण भौतिक संरचना तयार भइसक्ने छन्। उनले मायादेवी रंगशालालाई प्रदेशस्तरीय आकर्षणको केन्द्रका रूपमा स्थापिति गर्ने उद्देश्यअनुसार तयारी अघि बढाइएकाे जानकारी दिए।

उद्योग व्यापार संघका महासचिव बासुदेव खनाल ले मेलालाई सफल बनाउन कपिलवस्तुवासी सबैको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहभागिताका लागि आह्वान गरे।

संघका कोषाध्यक्ष शालिकराम आचार्य ले महोत्सवमार्फत कपिलवस्तुका प्रमुख पर्यटकीय गन्तव्यहरू राष्ट्रियस्तरमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरे। स्टल संयोजक माधव भाट क्षेत्री ले मेलालाई आगामी वर्षहरूमा पनि यही समयमा परम्परागत रूपमा निरन्तरता दिने तयारी भएको स्पष्ट पारे।महोत्सवमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना तथा युवामुखी सामग्रीसम्बन्धी विभिन्न स्टल रहनेछन्। साथै कला–संस्कृति प्रस्तुति, फेसन शो, बाल–उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फूड फेस्ट, खेलकुद तथा विविध मनोरञ्जनात्मक कार्यक्रमसमेत समावेश गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार व्यापार मेलाले स्थानीय व्यवसाय प्रवद्र्धन, कृषि उत्पादन विस्तार, आधुनिक प्रविधिको पहुँच वृद्धि, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ। उद्योग व्यापार संघ कपिलवस्तुले पहिलोपटक यस्तो महोत्सव सञ्चालन गर्न लागेको हुँदा स्थानीय तहमा उत्साह बढिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट