२०८३ आश्विन ५ सोमबार
२०८३ आश्विन ५ सोमबार

प्रेस चौतारी नेपाल शिवराज नगर समितिको अध्यक्षमा गीता पौडेल चयन

  • 1. गीता पौडेलले शिवराज नगर समितिको अध्यक्षमा चयन भएकी छन्।
  • 2. पौडेलको नेतृत्वमा ९ सदस्यीय नगर समिति गठन गरिएको छ।
  • 3. नवनिर्वाचित नेतृत्वले समुदायको विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

शिवराज, कपिलवस्तु 

प्रेस चौतारी नेपाल शिवराज नगर समितिको अध्यक्षमा गीता पौडेल चयन भएकी छन्। शुक्रबार सम्पन्न नगर समितिको दोस्रो अधिवेशन तथा साधारण सभाबाट पौडेल सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएकी हुन् ।

पौडेलको नेतृत्वमा ९ सदस्यीय नगर समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा यशोदा सुनार, सचिवमा आरती परियार, सह-सचिवमा नन्दकिशोर (लालु) चौधरी तथा कोषाध्यक्षमा गौतम यादव चयन भएका छन्। यस्तै सदस्यहरूमा सबिना अधिकारी, कमला काफ्ले र हसिना थारु निर्वाचित भएका छन् ।

नवनिर्वाचित नेतृत्वले प्रेस चौतारी नगर समितिको गतिविधिहरूलाई थप प्रभावकारी बनाउने र  सञ्चार क्षेत्रको माध्यमबाट समाज तथा समुदायको विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।

निर्वाचन समारोहमा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका महासचिव हरि अधिकारी, सदस्य कमल बिष्ट, नेकपा एमाले जिल्ला कमिटीका सचिव चन्द्र बहादुर गहतराज, प्रेस चौतारीका जिल्ला अध्यक्ष बाबुराम रायमाझी र इञ्चार्ज राम प्रकट कोरीलगायतले नवनिर्वाचित समितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट