२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

बाणगंगा वेल्फेयर सोसाइटीले मंसिर १८ गतेदेखि १६औं कपिलवस्तु महोत्सव आयोजना गर्ने ।। महोत्सवमा सहकार्य गरी सफल बनाउन आह्वान ।।

  • 1. कपिलवस्तुको ऐतिहासिक सामाजिक आर्थिक सांस्कृतिक र समग्र कपिलवस्तुको उत्सवको रुपमा २०६५ साल देखि बुद्ध रङ्गशालामा कपिलवस्तु महोत्सव आयोजना हुँदै आएको छ।
  • 2. बाणगंगा वेयलफेयर सोसाइटीले कपिलवस्तु महोत्सवको १६औं संस्करणको मुख्य आयोजना गर्ने तयारी गरेको छ।
  • 3. महोत्सवले समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान हो, जसमा सबै पक्षको एकता र सहयोगको अपेक्षा गरिएको छ।

कपिलवस्तुको ऐतिहासिक सामाजिक आर्थिक सांस्कृतिक र समग्र कपिलवस्तुको उत्सवको रुपमा २०६५ साल देखि बुद्ध रङ्गशालामा कपिलवस्तु महोत्सव आयोजना हुँदै आएको छ । महोत्सवले जिल्लाको पहिचान, सम्भावना र अवसरलाई देश तथा विदेशमा चिनाउने कार्य गर्दै र यसै सन्दर्भमा २०६८ साल देखि कपिलवस्तु उद्योग वाणिज्य संघ र वाणगंगा वेलफेयर सोसाईटीले आलोपालोको सहकार्यमा कपिलवस्तु महोत्सव आयोजना गर्दै आईरहेको बाणगंगा वेयलफेयर सोसाइटीले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

बाणगंगा वेयलफेयरका अध्यक्ष राजकुमार खाँणद्वारा हस्ताक्षरित विज्ञप्तिमा कपिलवस्तु महोत्सवको १६औं संस्करण वाणगंगा वेलफेयर सोसाईटीको मुख्य आयोजनामा पूर्वनिर्धारीत समय अनुसार मिति २०८२ मङसिर १८ गते देखि पौष १ गते सम्म बुद्ध रङ्गशालमा “ १६औं कपिलवस्तु महोत्सव एवम् कृर्षि पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२” को मिति कंपिलवस्तु उद्योग वाणिज्य संघले आयोजना गरेको १५ औं कपिलवस्तु महोत्सवको मञ्च बाट घोषणा गरी आम नागरीक उद्योगी व्यवसायी सम्बन्धित सबै निकायहरुमा सूचना सम्प्रेषण गरी महोत्सवमा सहकार्य गरी सफल बनाउन आह्वान गरेको उल्लेख छ ।

महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थी कार्य नभई समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान हो, जसमा सबै पक्षको एकता र सहयोगको अपेक्षा गर्दछौँ । बाणगंगा वेलफेयर सोसाईटी र कपिलवस्तु उद्योग वाणिज्य संघको विगत लामो समय देखिको सहमति र सहकार्य अनुसार हामी १६औं कपिलवस्तु महोत्सवको तयारीमा जुटेको अवस्थामा अन्य कुनै सँस्थाले हामीसँग कुनै पनि सहकार्य र छलफल नगरी महोत्सव प्रभावित पार्ने उद्देश्यले मिति जुधाई प्रथम राष्ट्रिय औद्योगिक प्रदशनीको तयारी गरिरहँदा यस कार्यले संस्थागत द्वन्द सिर्जना उत्पन्न हुने गरी भ्रम सिर्जना नगर्न र नगराउन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट