२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

बाणगंगाका जयलाल गिरी : कागती खेतीबाट आत्मनिर्भरता, दैनिक एक क्विन्टल बिक्री, १४ जनालाई रोजगारी

  • 1. जयलाल गिरीले कृषि र व्यवसायमा अहिले उत्कृष्ट प्रदर्शन गरेका छन्।
  • 2. उनले कृषि व्यवसायको माध्यमबाट आत्मनिर्भर बन्न सकिने सन्देश पुर्‍याएका छन्।
  • 3. गिरीले स्थानीय उत्पादनलाई प्रोत्साहन दिएर आत्मनिर्भर नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान गरेका छन्।

लक्ष्मण सापकोटा कपिलवस्तु।

“परिश्रम गर्ने हो भने नेपालमै आत्मनिर्भर बन्न सकिन्छ” भन्ने जीवित उदाहरण बनेका छन् जयलाल गिरी। लामो समयदेखि कृषिमा समर्पित गिरीले अहिले सुन जातका करिब २ सय कागतीका बिरुवा रोपेका छन्। तीमध्ये ५० बोटमा उत्पादन सुरु भइसकेको छ भने बाँकी १५० सय पनि उत्पादन दिन तयार अवस्थामा छन् , २ सय बिरुवा थप गर्ने उनले बताए । हाल उनले बार्षिक ३ लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन् ।

दैनिक झण्डै एक क्विन्टल कागती स्थानीय बजारमा बिक्री गर्दै आएका गिरीले यसैमार्फत प्रत्यक्ष अप्रत्यक्ष गरी १४ जनालाई रोजगारी दिएका छन्। परिश्रम र इमानदारीले कृषिबाटै आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश उनले आफ्नै कर्ममार्फत फैलाइरहेका छन्।

कृषक मात्र नभई समाजसेवी र स्थानीय राजनीतिमा पनि सक्रिय गिरी बाणगंगामा बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। समाज र कृषिमा समान योगदान पुर्‍याउँदै आएका उनी किसानहरूले उत्पादन गरेका बस्तुको उचित मूल्य निर्धारण र बजार व्यवस्थापन गर्न सके सरकारले अझ ठूलो परिवर्तन ल्याउन सक्नेमा जोड दिन्छन्।

“म चाहन्छु, बाणगंगाका हरेक घरमा स्वदेशमै उत्पादित कागती पुगोस्,” गिरीले आफ्नो लक्ष्य प्रष्ट पारे।

कागती खेतीसँगै उनले बाख्रापालन र माछापालन पनि अगाडि बढाएका छन्। यस बहुमुखी कृषि व्यवसायले उनको मात्र जीवनस्तर उकासेको छैन, स्थानीय स्तरमै रोजगारी र आत्मनिर्भरता निर्माण गर्ने बाटो खोलिदिएको छ।

आज जयलाल गिरीको कथा केवल एउटा किसानको संघर्ष कथा मात्र होइन, आत्मनिर्भर नेपाल निर्माण गर्न सकिने प्रेरक संदेश पनि हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट