२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

जेनजी युवाहरुलाई संयमित हुन आग्रह: कपिलवस्तु नागरिक समाज

कपिलवस्तु, भदौ २४ ।

नेपालमा जारी आन्दोलनका क्रममा निर्दोष नागरिकको हत्या भएको घटनाप्रति कपिलवस्तु नागरिक समाजले गहिरो दुःख प्रकट गर्दै कडा निन्दा गरेको छ ।

समाजका अध्यक्ष अर्जुन प्रसाद पोख्रेलले विज्ञप्ति जारी गर्दै दिवंगत आत्माहरूको चिरशान्ति, शोकाकुल परिवारप्रति हार्दिक संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा हाल देशभर फैलिएको भ्रष्टाचार, कुसासन र सरकारविहीन अवस्थाको कारण आन्दोलन उग्र बन्न पुगेको उल्लेख गर्दै जनधनको ठूलो क्षति भएकोप्रति चिन्ता प्रकट गरिएको छ ।

नागरिक समाजले सबै युवाहरू र आम नागरिकलाई संयमित भई शान्तिपूर्ण ढंगले विधिको शासन कायम गर्न, विधिसम्मत तरिकाबाट राष्ट्रनिर्माणमा सहभागी हुन र थप मानवीय तथा भौतिक क्षति हुन नदिन आह्वान गरेको छ ।

“राष्ट्र निर्माणको संवेदनशील घडीमा जनताको भावना अनुरूप शासन व्यवस्था कायम गर्न र शान्तिपूर्ण निकास दिन सबै सरोकारवालाले जिम्मेवारी लिनुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट