२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

बाणगंगाको सुनचाँदी पसलमा रातारात डकैती : २२ लाख बराबरको धनमाल चोरी, व्यापारी त्रसित

  • 1. कपिलवस्तुको वाणगंगा नगरपालिकामा अर्घाखाँची सुपा देउराली सुनचाँदी पसलमा ठूलो चोरीको शिकार भएको छ।
  • 2. चोरले करिब २२ लाख रुपैयाँको सम्पत्ति चोरी गरेको हो।
  • 3. स्थानीय व्यापारीहरूले प्रहरी प्रशासनसँग सुरक्षा व्यवस्थामा कडाइ गर्न र निगरानी प्रणालीहरूलाई थप प्रभावकारी बनाउन माग गरेका छन्।

कपिलवस्तुको वाणगंगा नगरपालिका–७, बनगाईस्थित ‘अर्घाखाँची सुपा देउराली सुनचाँदी पसल’ गए राति ठूलो चोरीको शिकार बन्यो। पसल सञ्चालक केशव सुनारका अनुसार चोरले करिब ८ तोला सुन, ३ किलो चाँदी र नगदसहित झन्डै २२ लाख रुपैयाँ बराबरको सम्पत्ति चोरी गरेका छन्।

सुनारले बिहानजसोझैं पसल खोल्दा सबै सामान तितरबितर र बहुमूल्य धातुहरू गायब देखेपछि एकक्षण अक्क न बक्क परे। तत्कालै प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय पिपराबाट टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।

प्रहरी निरीक्षक लोकेन्द्र जिसीका अनुसार पसलमा भएको डकैती पूर्वयोजना अनुसार भएको देखिन्छ। प्रहरीले आसपासको क्षेत्रका सीसीटिभी फुटेज संकलन गरेर विश्लेषण गरिरहेको छ भने केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ पनि गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार राति केही असामान्य गतिविधिहरू देखिए तापनि त्यति बेला कसैले ठ्याक्कै अनुमान गर्न सकेनन्। “हामीले केही आवाजहरू सुनेका थियौं, तर यस्तो ठूला चोरीको शंका थिएन,” एक स्थानीयले बताए।

यो घटना वाणगंगा क्षेत्रमा पछिल्लो समय बढिरहेका चोरीका घटनाहरूको श्रृंखला जस्तै देखिएको स्थानीय व्यापारीहरू बताउँछन्। उनीहरूले प्रहरी प्रशासनसँग सुरक्षा व्यवस्थामा कडाइ गर्न, रात्री गस्ती बढाउन र निगरानी प्रणालीहरूलाई थप प्रभावकारी बनाउन जोडदार माग गरेका छन्।

डर र त्रासको वातावरणमा दिन बिताइरहेका व्यापारीहरूले प्रश्न गरेका छन् — “अब हाम्रो पसल, सम्पत्ति र सुरक्षाको जिम्मेवारी कसले लिने?”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

Mobile Menu

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट